तेस्रो दिन जगन्नाथ डेडराज का शिक्षकहरू ऊर्जा ध्यान योग शिविरमा।

    


आज मिति २०८१ आषाढ ११ गते १० औं विश्व योग दिवसको अवसरमा यस श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र -५, कालाबन्जार सुनसरीमा शिक्षक तथा कर्मचारीहरु सात दिने ऊर्जा ध्यान शिविरमा तेस्रो दिन पनि उत्साह र ऊर्जाका साथ शिविरमा सहभागी भएका थिए।

आफू र समाजका लागि योग भन्ने मूल नाराका साथ सञ्चालन गरिएको  सो ऊर्जा ध्यान योग शिविर २०८१ आषाढ ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र -५, कालाबञ्जार, सुनसरीका शिक्षक तथा कर्मचारी का लागि सञ्चालन गरिएको सो ऊर्जा ध्यान योग शिविरमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ का सदस्यहरू पनि समावेश रहेका थिए।

जीवन विज्ञान नगर परिषद् बराहक्षेत्र, सुनसरीको प्राविधिक सहयोग मा सञ्चालन गरिएको यो योग शिविरलाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयले आयोजना गरेको हो।

विद्यालयमा एक हप्ते ऊर्जा ध्यान योग शिविर सञ्चालन भएको सम्भवतः नेपालकै पहिलो विद्यालय आफू भएको आयोजकले दाबी गरेको छ। विद्यालय व्यवस्थापन समिति कि सदस्य तथा यो प्रशिक्षक श्री कमला कटवाल कार्की तथा शिक्षक द्वय श्री चेतनाथ भट्टराई र श्री खड्ग बहादुर लिम्बु लाई विद्यालयले हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

बराहक्षेत्र नगरपालिका भित्रका सम्पूर्ण विद्यालयका विद्यार्थी तथा शिक्षकहरू जीवन विज्ञान प्रति सकारात्मक भएमा बराहक्षेत्रलाई अमृतनगर को रुपमा स्थापित गर्न सकिने प्रशिक्षकहरूको दाबी रहेको छ।

यस ऊर्जा ध्यान योग शिविरको तेस्रो दिन योग प्रशिक्षकद्वय श्री गणेशप्रसाद निरौला र कमला निरौलाले सहजीकरण गर्नुभएको थियो। यस अवसरमा  जीवन विज्ञानसँग सम्बद्ध  प्रशिक्षकहरू श्री खड्गबहादुर लिम्बु र श्री चेतनाथ भट्टराईको पनि उपस्थिति रहेको थियो। यस योग शिविरलाई प्रशिक्षक श्री कमला कटवाल कार्कीले पनि सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।












Post a Comment

Previous Post Next Post