Teachers of Jagannath Dedraj on the second day of Energy Meditation Yoga Camp

      


आज मिति २०८१ आषाढ १० गते १० औं विश्व योग दिवसको अवसरमा यस श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र -५, कालाबन्जार सुनसरीमा शिक्षक तथा कर्मचारीहरु सात दिने ऊर्जा ध्यान शिविर को दोस्रो दिन पनि ऊर्जाका साथ शिविरमा सहभागी भएका थिए।



आफू र समाजका लागि योग भन्ने मूल नाराका साथ सञ्चालन गरिएको  सो ऊर्जा ध्यान योग शिविर २०८१ आषाढ ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र -५, कालाबञ्जार, सुनसरीका शिक्षक तथा कर्मचारी का लागि सञ्चालन गरिएको सो ऊर्जा ध्यान योग शिविरमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ का सदस्यहरू पनि समावेश रहेका थिए।


जीवन विज्ञान नगर समिति बराहक्षेत्र, सुनसरीको प्राविधिक सहयोग मा सञ्चालन गरिएको यो योग शिविरलाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयले आयोजना गरेको हो।

यस ऊर्जा ध्यान योग शिविर को दोस्रो दिन प्रशिक्षक श्री पदम बहादुर बिष्ट ले सहजीकरण गर्नुभएको थियो। यस अवसरमा  जीवन विज्ञानसँग सम्बद्ध  प्रशिक्षकहरू श्री खड्गबहादुर लिम्बु र श्री चेतनाथ भट्टराईको पनि उपस्थिति रहेको थियो। यस योग शिविर लाई प्रशिक्षक श्री कमला कटवाल कार्की ले पनि सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।



Post a Comment

Previous Post Next Post