हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय भन्ने नाराका साथ मिति २०८१ पौष ११ र १२ गते श्री पञ्चायत माध्यमिक विद्यालय, पथरी, मोरङको सहकार्यमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र-५, कालाबन्जार, सुनसरीले "हाम्रो विद्यालय राम्रो विद्यालय," "हाम्रो विद्यालय सफा विद्यालय,"हाम्रो विद्यालय संस्कारयुक्त विद्यालय"बनाउने अभियान लिइ मिति २०८१ पुष ११ गते "साङ्गीतिक पिटिआयोजना र आचरण तथा संस्कारमैत्री पठनपाठनको व्यवस्थापन" आयोजना गरियो। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बास हुन्छ भन्ने भनाइलाई हृदयगम गरी विद्यालय सरोकारवाला हरुको बृहत्तर भेला र निर्णयबाट आगामी मिति २०८१ पौष १६ गतेदेखि विद्यालयको नियमित बिहानीसत्र र दिवासत्र दुवैमा लागू हुनेगरी साङ्गीतिक पिटिको व्यवस्थापन गरिने भएको छ।
यस कार्यका लागि सहकार्य गर्नुहुने श्री पञ्चायत माध्यमिक विद्यालय पथरी सनिश्चरे मोरङ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री युवराज बास्कोटा र प्रधानाध्यापक श्री अर्जुन कुमार बुढाथोकीलाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय मुरीमुरी धन्यवाद व्यक्त गर्दछ। त्यस्तै श्री पञ्चायत माध्यमिक विद्यालयकै शिक्षक तथा सांगीतिक पिटीका प्रशिक्षकद्वय श्री गणेश बिष्ट र श्री नरेशकुमार राई लाई पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
यो नयाँ सांगीतिक पिटी प्रशिक्षणमा कक्षा नर्सरीदेखि कक्षा १२ तथा बालविज्ञानका सम्पूर्ण शिक्षक प्रशिक्षकहरूले सहभागी जनाउनुभएको थियो। त्यस्तै कक्षा ३ देखि माथिका सम्पूर्ण विद्यार्थीहरूले नयाँ जोश जागरका साथ यस सांगीतिक पिटीमा सक्रियताका साथ सहभागिता जनाएका थिए।