खेल सप्ताह २०८१ समापन कार्यक्रम

 


 आज मिति २०८१ पौष ७ गते यस श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र-५, कालाबजार, सुनसरी को वार्षिक कार्यतालिका बमोजिम सञ्चालन गरिएको खेल सप्ताह २०८१ एक विशेष समारोह आयोजना गरी समापन गरिएको छ। 

 यस कार्यक्रममा गत २ गतेदेखि सञ्चालन गरिएका विभिन्न खेल र स्पर्धा मा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। 



विजयी विद्यार्थीहरूलाई अबर पहिर्याई बधाई दिँदै आगामी खेल तथा स्पर्धाहरूमा पनि सफलता प्राप्त होस् भनी शिक्षक शिक्षिकाहरुले हौसला प्रदान गर्नुभएको थियो। 



कार्यक्रममा वरिष्ठ सहायक प्रधानाध्यापक श्री योगराज पौडेल, सहायक प्रधानाध्यापकद्वय श्री भिखन चौधरी र श्री खड्ग बहादुर कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सहयक प्रधानाध्यापक श्री भिखन चौधरी र शिक्षक श्री राजकुमार खड्काले सञ्चालन गर्नुभएको थियो। 






























खेल सप्ताहमा सहभागी हुने चारवटै सदन रेड हाउस, ब्लु हाउस, ग्रीन हाउस र यल्लो हाउसका सदन संरक्षक शिक्षकहरुको पनि उपस्थिति रहेको थियो।

खेल सप्ताहमा व्यक्तिगत तथा सामूहिक खेल र स्पर्धाहरू समावेश गरिएको थियो। 

ज्याभलिन थ्रो,सटपुट,हाइ जम्प र लङ जम्प जस्ता फिल्ड स्पर्धा हरू समावेश गरिएको थियो भने १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड र ३००० मिटर दौड जस्ता फिल्ड स्पर्धाहरु समावेश गरिएको थियो।

सामूहिक खेल तथा स्पर्धाका रूपमा भलिबल र कबड्डी समावेश गरिएको थियो।

प्रत्येक खेल तथा स्पर्धालाई तहगत रुपमा विद्यार्थीहरूले सहभागी पाउने व्यवस्था मिलाइएको थियो। कक्षा ४ र ५, कक्षा ६ , ७ र ८, कक्षा ९ र १० गरी ३ समूहमा खेल्ने व्यवस्था मिलाइएको थियो। यी तिनै समूहका खेलाडीहरूले दिवा सत्रमा सहभागी जनाएका थिए। कक्षा ११ १२ र बाली तथा पशु विज्ञान का विद्यार्थीहरूका लागि भने बिहानी सत्रमा खेल खेलाइएको थियो।

माथि उल्लेख गरिएका सबै खेल तथा स्पर्धा हरूमा छात्र तथा छात्राहरूले छुट्टाछुट्टै रुपमा सहभागी पाउने व्यवस्था गरिएको थियो। 

यसै कार्यक्रम बीच नर्सरी एलकेजी कक्षा १ २ र ३ का विद्यार्थीहरूलाई पनि यसै कार्यक्रम बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो भने बिहानीसत्रमा खेलाइएका खेलहरूमा विजयी विद्यार्थीहरूलाई भोलि मिति २०८१ पौष ८ गते मात्र पुरस्कृत गर्ने व्यवस्था रहेको छ।

विजयी सम्पूर्ण विद्यार्थीहरूमा विद्यालय हार्दिक बधाई ज्ञापन गर्दछ। बधाई! बधाई!! बधाई!!!

अभिलेखीकरण संयोजक 

लालु चौधरी 

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय

























































































Post a Comment

Previous Post Next Post