जगन्नाथ डेडराजमा सांगीतिक पिटि सञ्चालन।

  


हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय भन्ने नाराका साथ मिति २०८१ पौष ११ र १२ गते श्री पञ्चायत माध्यमिक विद्यालय, पथरी, मोरङको सहकार्यमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र-५, कालाबन्जार, सुनसरीले "हाम्रो विद्यालय राम्रो विद्यालय," "हाम्रो विद्यालय सफा विद्यालय,"हाम्रो विद्यालय संस्कारयुक्त विद्यालय"बनाउने अभियान लिइ मिति २०८१ पुष ११ गते "साङ्गीतिक पिटिआयोजना र आचरण तथा संस्कारमैत्री पठनपाठनको व्यवस्थापन" आयोजना गरियो। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बास हुन्छ भन्ने भनाइलाई हृदयगम गरी विद्यालय सरोकारवाला हरुको बृहत्तर भेला र निर्णयबाट आगामी मिति २०८१ पौष १६ गतेदेखि विद्यालयको नियमित बिहानीसत्र र दिवासत्र दुवैमा लागू हुनेगरी साङ्गीतिक पिटिको व्यवस्थापन गरिने भएको छ।


यस कार्यका लागि सहकार्य गर्नुहुने  श्री पञ्चायत माध्यमिक विद्यालय पथरी सनिश्चरे मोरङ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री युवराज बास्कोटा र प्रधानाध्यापक श्री अर्जुन कुमार बुढाथोकीलाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय मुरीमुरी धन्यवाद व्यक्त गर्दछ। त्यस्तै श्री पञ्चायत माध्यमिक विद्यालयकै शिक्षक तथा सांगीतिक पिटीका प्रशिक्षकद्वय श्री गणेश बिष्ट र श्री नरेशकुमार राई लाई पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

विद्यालय व्यवस्थापन समिति का अध्यक्ष श्री पुष्कल पराजुली को अध्यक्षता र पब्लिक माध्यमिक विद्यालय धरानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीहरि कार्कीको प्रमुख आतित्यमा सञ्चालन भएको सो सभा लाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका वरिष्ठ सहायक प्रधानाध्यापक श्री योगराज पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमलाई शिक्षक श्री कृष्णप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो।

यो नयाँ सांगीतिक पिटी प्रशिक्षणमा कक्षा नर्सरीदेखि कक्षा १२ तथा बालविज्ञानका सम्पूर्ण शिक्षक प्रशिक्षकहरूले सहभागी जनाउनुभएको थियो। त्यस्तै कक्षा ३ देखि माथिका सम्पूर्ण विद्यार्थीहरूले नयाँ जोश जागरका साथ यस सांगीतिक पिटीमा सक्रियताका साथ सहभागिता जनाएका थिए। 

मिति २०८१ पौष १६ गतेदेखि लागू हुने नयाँ साङ्गीतिक पिटी बिहानी प्रार्थना सभामा कक्षा ११ १२ का संयोजक श्री अधिकलाल चौधरी र दिवा प्रार्थना सभामा शिक्षकद्वय श्री अन्जय स्याङदान र श्री चेतराज कडेलले सञ्चालन गर्ने निर्णय भएको छ।

अभिलेखीकरण संयोजक 
लालु चौधरी 
श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय 
बराहक्षेत्र-५, सुनसरी






























































































































Post a Comment

Previous Post Next Post