गजल
तिमीलाई सजाउने होडमा कयौं ठक्कर खाएको छु
आफू डुब्दै छु जान्दाजान्दै पनि तिमीलाई बचाएको छु
जलाएर के तिमीलाई पुगेन र ?अझै घोच्दै छौ फर्किफर्कि
को आफ्नो हो, को हो पराइ ,राम्रोसँग थाहा पाएको छु
मलाई नरोक एकैछिन म घरबाट हिँडसकेको यात्री हुँ
समयमै पुग्नु छ मैले पनि कसैलाई बाटोमा पर्खाएको छु
कताबाट लुछन मन लाग्छ, लुछ मासु मिलाई मिलाई
सुन,तिमीले यसरी लुछिदिएर नै म मूर्ति कहलाएको छु
भुलेर पनि सागरमा फेरि हेलिने कोसिस गर्दै नगर्नू
बडो मुस्किलले तिमीलाई किनारमा अल्झाएको छु
लेखक :
हर्क दुलाल
श्री आदर्श माध्यमिक विद्यालय
बराहक्षेत्र-२, चतरा,सुनसरी
Tags:
Article