शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) अनुसार विद्यार्थीको औसत उपलब्धि ५० को हाराहारीमा रहेको देखिन्छ । प्रत्येक विषयमा यस्तो उपलब्धिलाई बढाउन सक्षमतामा आधारित मूल्याङ्कन (Competency Based Assessment-CBA) गर्नुपर्ने देखिन्छः जसको लागि
1. ज्ञान, सिप र मूल्य/अभिवृत्तिलाई नयाँ परिस्थितिमा स्थानान्तरण गर्ने क्षमताहरू परीक्षण गर्ने (test the abilities to transfer knowledge, skills, and values/attitudes to a new situation)
2. सन्दर्भमा आधारित, कार्यमा आधारित र मुद्दामा आधारित भई मूल्याङ्कन गर्ने जसले वास्तविक जीवनका परिस्थितिहरू समेट्छ (Test should be taken as context based, task based and issue-based including the real-life situation)
3. ज्ञानको मात्र परीक्षण नगरी यसको प्रयोगको परीक्षण गर्ने (Test the use of knowledge rather than knowledge itself)
4. नयाँ ज्ञान सिक्न र उत्पन्न गर्न सक्ने क्षमताको मूल्यांकन गर्ने (Assess the ability to learn and generate new knowledge)
5. प्रश्नहरूको सीमाभन्दा पर सोच्न सक्ने क्षमता र समालोचनात्मक चिन्तन तथा सोचको प्रवर्द्धन गर्ने गरी मूल्याङ्कन गर्ने (Assess the ability to think beyond literal questions and promote critical thinking)
6. मूल्यांकन अर्थपूर्ण छ र विद्यार्थीहरूका लागि सकारात्मक सिकाइ अनुभव प्रदान गर्छ भन्ने मान्यतालाई ध्यान दिने (Assessment is meaningful and a positive learning experience for students)
7. हरेक दिनको सिकाइ क्रियाकलापमा competency based test items छलफल गराई सोहीअनुसारको TASK दिने र पृष्ठपोषण दिने
8. सिकाइका लागि र सिकाइका रुपमा मूल्याङ्कन (Assessment for and as learning) तथा आन्तरिक मूल्याङ्कनको अभिन्न अङ्गका रुपमा मूल्याङ्कनको प्रयोग गरी प्रतिविम्बात्मक सिकाइ र मूल्याङ्कन (Reflective learning and assessment) मा जोड दिने
9. सिपगत र अभिवृत्तिगत क्षेत्र (psychomotor and affective domain) राम्रो हुँदा संज्ञानात्मक क्षेत्र (cognitive domain) का सिकाइ उपलब्धि स्वतः बढ्छ भन्ने मान्यतालाई ध्यान दिने
10. पृष्ठपोषण सबै भन्दा बलियो हतियार हो जसलाई सिकाइ स्तर तथा मूल्याङ्कन (Daily, lesson wise, unit wise, monthly, trimester) मा प्रयोग गर्ने
Author
Yuvraj adhikari
Undersecretary/Director
ERO,MOEST