जगन्नाथ डेडराजमा बराहक्षेत्र न.पा.स्तरीय भलिबल प्रतियोगिता र शैक्षिक विषयको प्रदर्शनी सञ्चालन

 


आज मिति २०८१ पौष १८ गते बिहिबार तदनुसार २ जनवरी २०२५ का दिन यस श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र-५, कालाबञ्जार, सुनसरीको ६५ औँ स्थापना दिवस कार्यक्रमका उपलक्ष्यमा बराहक्षेत्र नगरपालिका स्तरीय भलिबल प्रतियोगिता तथा शैक्षिक विषयको प्रदर्शनी तथा विद्यार्थी पुरस्कार समुद्घाटन कार्यक्रम सम्पन्न गरियो। 

बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख श्री रमेश कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको सो कार्यक्रमका विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका नगर उपप्रमुख श्री नन्दकुमारी राई हुनुहुन्थ्यो। यसैगरी विशिष्ट अतिथिहरूमा २०१७ सालमा जनताप्राविका संस्थापक तथा यस विद्यालयका जग्गादाता काजी स्वर्गीय कुल केशर थापाकी धर्मपत्नी श्री सूर्यकुमारी थापा र उहाँका सुपुत्र इन्जिनियर श्री आमोद थापा पनि हुनुहुन्थ्यो। श्री धर्मकुमारी थापा हाल यस विद्यालयमा स्वर्गीय कुलकेशर सिंह थापा स्मृति प्राथमिक उपचार केन्द्र सञ्चालन अक्षय कोषका संस्थापक हुनुहुन्छ। 

यसैगरी बराहक्षेत्र नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरु लाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। 

शिक्षा युवा तथा खेलकुद शाखा बराहक्षेत्र का प्रमुख श्री उत्तमराज भारती, पवित्रा कोमल छात्रवृत्तिका संस्थापक तथा पूर्व प्रधानाध्यापक श्री लोमनाथ दाहाल, पदम दम्पति तथा स्वर्गीय टिका प्रसाद निरौला गुरु स्मृति अक्षय कोषका संस्थापक श्री जानुका कँडेललाई पनि अतिथिको रूपमा आमन्त्रण गरिएको थियो।

यसैगरी शिक्षक सम्बद्ध शिक्षकका विभिन्न घटक हरूका अध्यक्षहरूलाई पनि अतिथिका रुपमा आमन्त्रण गरिएको थियो। यसका अतिरिक्त बराहक्षेत्र नगरपालिका भित्रका र छिमेकी नगरपालिकाका विद्यालयहरूका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुलाई पनि अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। 

कार्यक्रममा इलाका प्रहरी कार्यालय चक्रघटिका प्रमुख प्रहरी निरिक्षक श्री विकास राई,नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारी, जीवनविज्ञान कोशी प्रदेश संयोजक श्री केदारमान कार्कीका साथै यस विद्यालयमा विद्यार्थीहरूको भविष्य निर्माण गर्न सञ्चालित विभिन्न जेहन्दार छात्रवृत्तिका संस्थापकहरूलाई पनि अतिथिका रुपमा आमन्त्रण गरिएको थियो।

यसैगरी साबिक भरौल गाविस अन्तर्गत रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरूलाई पनि अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। 

यस विद्यालयमा लामो समयसम्म सेवा गरी बिदाई हुनुहुने शिक्षक श्री गणेश पण्डित र श्री उपासी राईलाई पनि अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। 

आजको यस कार्यक्रममा बराहक्षेत्र नगरपालिका का प्रमुख श्री रमेश कार्कीद्वारा विद्यालयले आयोजना गरेको विज्ञान तथा शैक्षिक विषयको प्रदर्शनीको उद्घाटन अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन र २०१७ सालमा जनता प्राविका संस्थापक तथा यस विद्यालयका जग्गादाता काजी स्वर्गीय कुल केशर थापाको प्रतिमालाई अनावरण गरिएको थियो। 

कार्यक्रमलाई यस विद्यालयका वरिष्ठ सहायक प्रधानाध्यापक श्री योगराज पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमलाई शिक्षक श्री राजकुमार खड्काले सञ्चालन गर्नुभएको थियो। 

कार्यक्रमको औचित्य तथा महत्त्वमाथि यस विद्यालयका प्रधानाध्यापक श्री हिरामणि पौडेलले प्रकाश पार्नुभएको थियो। 

बराहक्षेत्र वडा नं ५ का वडाध्यक्ष श्री रोहित काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सुकारा जेहेन्दार छात्रवृत्तिका संस्थापक श्री चेतनाथ भट्टराई र मन्दिरा भट्टराईले अरुण पाण्डे (कक्षा १२) र अभिरा राई (कक्षा ११) लाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो।

अनिश श्रेष्ठ (कक्षा ११) कमला कार्की (कक्षा ११) अनिल खड्का (कक्षा १२) र रचना चौधरी (बाली विज्ञान) ले पदम दम्पति तथा स्वर्गीय टिका प्रसाद निरौला। गुरु स्मृति अक्षय कोषबाट छात्रवृत्ति प्राप्त गरेका थिए।

सबिना कार्की कक्षा ९ जुना कटवाल कक्षा १० ले पनि टङ्कबहादुर धनमाया ज्यानदार छात्रवृत्ति प्राप्त गरेका थिए। शैक्षिक इतिहासका मुर्धन्य व्यक्तित्व स्वर्गीय पिता टंकबहादुर भट्टराई तथा माता धनकुमारी भट्टराईको स्मृतिमा उहाँका छोरा आदरणीय पुष्प भट्टराईद्वारा सो छात्रवृत्ति प्रदान गरिएको थियो। 

यसैगरी विभिन्न कक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्नुहुने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो।








































































































Post a Comment

Previous Post Next Post