एसएलसी ब्याच २०६१ द्वारा भेटघाट कार्यक्रम सम्पन्न

 


श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र ५ कालाबन्जार सुनसरी को एसएलसी ब्याच २०६१ द्वारा भेटघाट कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ।

हिजो मिति २०८१ फाल्गुण ३ गते शनिबारका दिन जीवन गुरुङ र विपिन घिमिरे को संयोजनमा एसएलसी ब्याच २०६१ का विद्यार्थीहरूद्वारा सो भेटघाट कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रममा पाँच दर्जनभन्दा बढी छात्र छात्राहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा तत्कालीन शिक्षकहरू पनि उपस्थित भएका थिए। सो कार्यक्रममा उपस्थित शिक्षकहरूलाई खादा लगाई सम्मान पनि गरिएको थियो। 

एसएलसी २०६१ मा समावेश भएका विद्यार्थीहरू आफ्नो परिचय दिँदै हालको अवस्था को जानकारी गराउँदै परिचयलाई पुनः नवीकरण गरेका थिए। परिचय कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षकहरूले पनि तत्कालीन र वर्तमान अवस्था दर्शाउँदै विद्यार्थीहरूलाई उनीहरूको भविष्यको उत्तरोत्तर प्रगति को कामना गरेका थिए। 

कार्यक्रममा सेवाबाट निवृत्त शिक्षक तथा हाल श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमै कार्यरत शिक्षक हरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित शिक्षकहरूको अवस्था निम्नानुसार रहेको छ। 

१. श्री लोमनाथ दाहाल     प्र.अ.          सेवा निवृत्त

२. श्री भोलानाथ कोइराला प्र. अ.         सेवा निवृत्त 

३. श्री कृष्णप्रसाद नेपाल  शिक्षक     सेवा निवृत्त

४. श्री टंकप्रसाद न्यौपाने शिक्षक मिल्स एरिया मा. वि. विराटनगर 

५ श्री खगेन्द्रप्रसाद न्यौपाने शिक्षक आदर्श मावि बक्लौरी 

६. श्री मोहनप्रसाद गुरागाईं शिक्षक मजदुर किसान मावि मधेली 

७. श्री योगराज पौडेल सहायक प्र. अ. जगन्नाथ डेडराज जनता मावि कालाबञ्जार 

८. श्री भिखन चौधरी सहायक प्र अ जगन्नाथ डेडराज जनता मावि कालाबन्जार 

९. श्री लालु चौधरी शिक्षक जगन्नाथ डेडराज जनता मावि कालाबन्जार 

१०. श्री छविलाल चौधरी शिक्षक जगन्नाथ डेडराज जनता मा.वि. कालाबञ्जार

११. श्री खड्कबहादुर कार्की सहायक प्र अ जगन्नाथ डेडराज जनता मावि कालाबन्जार 



















Post a Comment

Previous Post Next Post