बराहक्षेत्र नगरपालिकामा आज मिति २०७१ चैत्र २ गते नेपाल राष्ट्रिय शिक्षक संगठन को तेस्रो नगर अधिवेशन सम्पन्न गरिएको छ।
कार्यक्रमलाई खुला र बन्द सत्र गरी सम्पन्न गरिएको थियो। खुल्ला सत्रमा आमन्त्रित विशिष्ट महानुभावहरूले नेपाल राष्ट्रियशिक्षक संगठनको स्थापना, संगठनले शिक्षक हकहित वृत्तिविकासका लागि खेलेको भूमिकाका बारे प्रकाश पार्नु भएको थियो।
"गौरवशाली विगत चुनौतीपूर्ण वर्तमान गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन"भन्ने नारा लाई उद्घोष गर्दै तेस्रो नगर अधिवेशन समापन गरिएको हो।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगरकार्य समिति बराहक्षेत्र का अध्यक्ष श्री खड्गबहादुर कार्की को अध्यक्षतामा सञ्चालन गरिएको यस कार्यक्रममा नेकपा एमाले नगर कमिटीका अध्यक्ष श्री योग्यराज खड्का, सचिव श्री देवेन्द्र बहादुर बिष्ट, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति सुनसरी का अध्यक्ष श्री चुडामणि खनाल, नेपाल शिक्षक महासङ्घ नगर कार्यसमिति बराहक्षेत्रका अध्यक्ष श्री इन्द्रबहादुर बस्नेत लगायत अन्य विभिन्न संगठनका विशिष्ट महानुभावहरू तथा नगरभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई निवर्तमान संगठनका सचिव श्री हरिनारायण भट्टराईले सञ्चालन गर्नुभएको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कार्यसमिति बराहक्षेत्र को तेस्रो अधिवेशनले अध्यक्षमा श्री उपेन्द्र खड्का र सचिवमा श्री राजकुमार खड्का लगायत अन्य सदस्यहरूलाई सर्वसम्मतबाट निर्विरोध चयन गरिएको थियो।
यसअघि कार्यक्रममा विभिन्न तह र श्रेणीमा बढुवा हुने शिक्षकहरु, शिक्षक सेवा आयोगबाट सिफारिस भई यस नगरमा पदस्थापन हुनुहुने शिक्षक हरू र विभिन्न जिल्लाबाट जिल्लान्तर सरुवा भई विभिन्न विद्यालयमा पदस्थापन हुनुहुने शिक्षकहरुलाई बधाई तथा सम्मान गरिएको थियो।
२४८ जना सदस्यहरू रहेको यस नगरको नेपाल राष्ट्रिय शिक्षक संगठन को नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु।
लालु चौधरी
प्राविधिक संयोजक
प्रविधिमैत्री शिक्षक संगठन नेपाल
नगर कार्यसमिति, बराहक्षेत्र