हिजो मिति २०८१ साल चैत्र २ गते सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कार्यसमिति बराहक्षेत्रको तेस्रो नगर अधिवेशन सम्पन्न गरिएको छ। यस नगर अधिवेशनले बराहक्षेत्रमा कार्यरत वा सेवानिवृत शिक्षकहरूका विभिन्न पेशागत हक, अधिकार, शिक्षकका शर्त,सेवा, सुविधा, वृत्ति विकास तथा पेशागत समस्या तथा मुद्दाहरूलाई उठान गर्दै शिक्षकका हकहित प्रति सजग रही कार्य गर्न सक्ने जुझारु शिक्षकहरूको कार्यसमिति निर्माण गरिएको छ। तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरिएको नवगठित नेपाल राष्ट्रिय शिक्षक संगठन , नगर कार्यसमिति बराहक्षेत्रका पदाधिकारीहरू निम्नानुसार रहेका छन्:-
अध्यक्ष:- श्री उपेन्द्र खड्का
उपाध्यक्ष:- श्री लक्ष्मीप्रसाद गडतौला
महिला उपाध्यक्ष:-श्री विष्णु राई
सचिव:- श्री राजकुमार खड्का
सहसचिव:- श्री सपना लिम्बु
कोषाध्यक्ष:- श्री दीपक वस्ती
सदस्य:- श्री डिल्ली तिम्सिना
सदस्य:- श्री मुकेश झा
सदस्य:- श्री रन्जना पराजुली
लगायत सिङ्गो टिमलाई प्रविधि मैत्री शिक्षक समाज नेपाल, नगर कार्यसमिति बराहक्षेत्रले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ।
उत्तम कुमार सुवेदी लालु चौधरी
अध्यक्ष प्राविधिक संयोजक
प्रविधिमैत्री शिक्षक समाज
नगर कार्यसमिति, बराहक्षेत्र