SEE निरीक्षक "भोगाइ "

 


शिक्षा नियमावली २०५९ को सातौँ संशोधन गरी नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो SLC गरिएको छ । कक्षा १० को वार्षिक परीक्षा

प्रदेशबाट सञ्चालन हुने कुरा उक्त नियमावलीमा उल्लेख छ।

सबै विषयका प्रश्नपत्र हरु सबै प्रदेशमा फरक फरक भएका कारण यसको निर्माण प्रदेशमा भएको हो की भनेर अनुमान गर्न सकिन्छ । विद्यालय तहमा ४ वटा कक्षाहरू क्रमशः ५,८,१० र १२ कक्षालाई अन्य कक्षा भन्दा अलि बढी महत्त्व दिने गरिन्छ । परीक्षा केन्द्र तोकिने अर्थात् बिद्यार्थीहरु परीक्षा दिन अर्को विद्यालयमा जानुपर्ने भएकोले विद्यार्थी थोरै मात्र भए पनि परीक्षाप्रति सजग भएको पाइन्छ। यो अभ्यास राम्रो पनि हो । SEE लाई त्यति धेरै भयावह बनाउनु जरुरी होइन तर बनाइएको छ।कक्षा ११ र १२ भर्ना परीक्षा सञ्चालनको समयलाइ कक्षा १-१० को समयसंगै समायोजन गर्न नसकेको कारण कक्षा ११ र १२ लाई क्याम्पस हो भन्ने बुझाइ विद्यार्थी तथा समुदायको रहेको छ।जबसम्म

यो समय व्यवस्थापन गरिँदैन तबसम्म कक्षा ११ र १२ लाई क्याम्पस नै मानिन्छ। क्याम्पस नैहो।यस सम्बन्धी गरिएका जुनसुकै तर्कहरू बेतुकका नै हुनेछन् । यदि SEE नै SLC होइन भने किन SLC कै प्रवृत्ति हाबी छ त? दर्जनौँ सुरक्षाकर्मी अनुगमनको ताँती, विद्यार्थीमा भय, अभिभावकमा चिन्ता जस्ता अस्वाभाविक वातावरण

किन बन्यो त? म अनि म जस्ता SEE निरीक्षकलाई -" हँसिलो अनुहार बनाउनुस्, सकेसम्म मौन बस्नुस्

कक्षामा रुखो नबोल्नुस्. " आदि आदि । अध्ययनशीलताको अभावका कारण अर्काको हेर्ने र हुबहु सार्ने भन्ने मात्रै ध्यान छ । प्रश्न पत्र पाएदेखि नै विद्यार्थीहरू दायाँबायाँ, अगाडि पछाडि गर्न थाल्छन्। त्यसो गर्न दिने अनुमति हाम्रो निरीक्षण धर्मले दिँदैन।" यसो नगर" भन्दा उनीहरू रिसाउँछन् र भन्छन् फलानो गार्डले कडा गयो । यो कुरा सम्बन्धित बिद्यालय र विषय शिक्षक सम्म पुग्छ अनि फेरि नयाँ निर्देशन थपिन्छ । कडा नगर्नुस् भनेको छाडा छाडिदिने हो कि, जे गरे पनि हेरेर बस्ने हो? अनि अनुगमनको टोली ठाँटिएर आउँछ। कक्षा कक्षामा पुग्छ र गर्विलो नजर डुलाउँछ । अन्तिममा भन्छ " ठिकै रहेछ ,अहिलेसम्म त कडा चैं गर्नुपर्छ है।" भन्छ। कन्ट्रोल गरिएन भने निरीक्षकबाट हटाउनुपर्ने

स्थिति आउँछ। यस्तै यस्तै गुनासा आरोप, अनुरोध, अपेक्षा शिरोपर गरी एक छाक सादा दाल, भात, तरकारी, अचार, सलाद, पापड र खाइसकेपछि दाँत कोट्याउने सिन्को पुग्ने

ज्याला पाउनेगरि कक्षा भित्र ३ घण्टा र सुरु र अन्तिमका काम सहित जम्मा चार घण्टामा SEE निरीक्षक भएको छु ।

अम्बिका कंडेल

Post a Comment

Previous Post Next Post