हिजो राती मात्रै यक्ष प्रश्नमा राजेन्द्र बाँनियाको शिक्षा मन्त्री बिद्या भट्टराईसँगको अन्तर्वार्ता सुनेको थिए। बडो शालिन ढंगले बिषयमा प्रष्ट पारेकी थिइन्। कानुनी विपरीत केही काम नगर्ने, झुट नबोल्ने, शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन। प्रधानमन्त्री शिक्षा ऐन विपक्षमा भएको, निजी शिक्षालाई प्रोत्साहन दिन चाहेको प्रश्नको जवाफ पन्छाइन। उनले ईमान्दार प्रयास गर्दा पनि शिक्षकहरुले न्युनतम सम्मान नगरेको गुनासो समेत गरिन। निजी शिक्षालाई प्रोत्साहन, नि:शुल्क तथा अनिवार्य शिक्षा र शिक्षा ऐनको विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकि थिइन्।
प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारकाे लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषय बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्।
उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएकी हुन् । इमान्दार प्रयास गर्दा गर्दै विषेशत: आफ्नो दलबाट नै असहयोग हुने, प्रधानमन्त्री,सभामुख, शंकर पोखरेल, महेश बस्नेत, पृथ्वी सुब्बा गुरुङ समेतले शिक्षक आन्दोलन मत्थर पार्ने भन्दा आगोमा घिउ थप्ने कुकर्म गरे पछी शिक्षामन्त्री द्वारा राजिनामा । शिक्षकको पक्षमा रहेकी शिक्षामन्त्रीलाई टिक्न दिएनन्। अब शिक्षकको माग पूरा हुने सम्भावना झन् कम देखिन्छ। आन्दोलन लम्बिने संकेत। शैक्षिक वातावरण झनै ध्वस्त हुनेभयो। शिक्षा मन्त्रिको राजिनामालाई शिक्षक आन्दोलनको उपलब्धिको रुपमा संश्लेषण नगरियोस्, झन् खतरनाक अवस्थामा जाने अवस्था भयो। सरकार गैर जिम्मेवार हुँदा र सरकार प्रति विश्वास टुट्दाँ देश र जनताले दुःख पाउदाँ रहेछन्।