कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षकको चिठी

 कक्षा १२ मा अध्ययनरत प्रिय विद्यार्थी भाइ बहिनीहरु!!!

 यसपाली शिक्षक बिनाको परीक्षा सञ्चालन हुने भएको छ । तिमीहरूको परीक्षा निजामती कर्मचारीले लिने भएका छन् । प्रश्न बुझिएन भनेर सोध्न समेत नपाउने भयौ । प्रश्न आफै बुझेर उत्तर राम्रो दिनु । परीक्षाको शुभ कामना । मैले पढाएका विद्यार्थी तिमीहरू त झन् कानुन बनाउने, न्याय दिने भोलिका न्यायमूर्ति हरु हौ । आशा छ तिमीहरु ठूलो ठाउँमा पुग । त्यतिबेला समग्र शिक्षा  क्षेत्रकै लागि गौरव गर्न सक्ने कानुन, ऐन हरु निर्माण गर्ने छौ । 


खाजा समेत नखाइ , स्वर भासिएको बेला समेत पढाएर  दिनरात तिमीहरु लाई ठुलो मान्छे बनाउने सपना देख्ने गुरुहरूको सम्मान को लागि केही सोच्ने छौं । निजामती र शिक्षकको लागि समान हैसियतको सेवा सुविधा सहितको कानुन निर्माण गर्नेछौं । तिमीहरूको कक्षा कोठा सफा गर्ने, शौचालय सफा राखिदिने विद्यालय परिचर, तिमीहरुकै लागि भनेर बिदामा समेत आएर मार्क्सशीट, सर्टिफिकेट बनाइदिने विद्यालय कर्मचारीको न्यून पारिश्रमिक छ त्यो बढाई दिनु । धेरै कुराहरु छन् बनाउनु पर्ने । पक्कै हेर्नेछौ होला । तिमीहरूलाई ११ र १२ मा पढाउने शिक्षकको त दरबन्दी नै छैन झन् । जुन सरकार आए पनि शासक नै हो तर तिमीहरू त्यो ठाउँमा पुगेर राम्रो कानुन बनाई दिनु है । त्यतिन्जेल म यो पेशामा रहुला नरहुला तर अरू गुरु पक्कै खुशी हुनु हुनेछ । 


राज्य सत्ता हाक्ने सरकार बाट हेपिएको, थिचिएको उही तिमीहरूको लाचार र विवस गुरु 

लोक नाथ रिजाल

Post a Comment

Previous Post Next Post