वि.सं.२०२१ साल देखि २०४६ साल अर्थात (२५ वर्ष) सम्म तत्कालीन भरौल गाउँ पंचायतका प्रधान पंचको रुपमा अनवरत सेवामूलक कार्य गर्नु भएका, सोही अवधिमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय भरौल-१, सुनसरीका संचालक समितिका अध्यक्ष हुँदा विद्यालय लाई २२ (बाईस) विघा भन्दा माथि जग्गाको जग्गा धनी प्रमाण पूर्जा (अहिलेको मूल्यांकनमा अरबौं रुपैयां बराबरको सम्पत्ति) यहाँका विद्यालय प्र.अ. तथा संचालकहरु लाई हस्तान्तरण गर्नु भएका "विद्यालयका संस्थापक",, साथै प्रधानपंचका बखतमा इमानदारीता पुर्वक गर्नु भएको सेवामुखी योगदानको उच्च मूल्यांकन गर्दै तत्कालीन राजा स्व.श्री ५ बीरेन्द्र वीरविक्रम शाहदेव का बाहुली बाट "राष्ट्रिय सेवा पदक" पदवी बाट विभुषित हुनु भएका आदरणीय श्रद्देय स्व. श्री टंक बहादुर भट्टराई ज्यू प्रती भावपुर्ण श्रद्धा सुमन ।